नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चित नाम हो प्रदीप खड्का । उनै स्टारको आज जन्मदिन परेको छ । आजबाट उनी २९ वर्षमा प्रवेश गरेका छन् । मेहनतमा विश्वास गर्ने प्रदीपका शुरुवाती दिन निकै कठिनाई थिए । चलचित्रको पर्दामा देखिन र चलचित्रमा अभिनय गर्ने रहर भएर उनले पहिलो चलचित्र आफै निर्माण गरे चलचित्र स्केप । आफैले निर्माण र अभिनय गरेको यो चलचित्र असफल भएपछि निराश भएर अष्ट्रेलिया जाने योजना बनाए । त्यही बिचमा भुकम्प गयो । बिदेश जाने योजना पछाडी धकलियो ।
त्यही समयमा निर्माता सन्तोष सेनले फिल्म ‘प्रेमगीत’ का लागि नयाँ हिरोको खोजीमा रहेको जानकारी पाए । यो थाहा पाएर प्रदीपले आफ्नो बायोडाटा पेश गरे । यही बिच निर्माण टिमले फिल्मको कथा अनुसार मिल्नेभएपछि अभिनेताको रुपमा फिल्ममा साइन गराए । सन् २०१६ मा चलचित्र रिलिज भयो । यही चलचित्रले प्रदीपको भाग्य परिवर्तन भयो । उनी एकाएक स्टार भए । दर्शकले र समीक्षकले फिल्मको कथावस्तु, प्रस्तुती र प्रदीपको अभिनयको खुबै प्रशंसा समेत गरे । प्रेमगीतमा पाएको सफलतासँगै उनले आफ्नो बिदेश जाने लक्ष्यलाई छोडे । त्यसपछि उनले नेपाली चलचित्र क्षेत्रमा कहिले पछाडी फर्कनु परेन । अहिले उनी नेपालका सर्वाधिक महंगा अभिनेताको सुचिमा पर्दछन् । उनले भारतको सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट सन् २०१७ मा मार्केटिङमा मास्टर्स गरेका छन् । प्रेमगीत पछि उनले प्रेमगीत २ चलचित्रमा काम गरे यो चलचित्रले अझै अभिनय र करियरलाई अझ माथी उठायो । त्यसपछि ‘लिलिबिली, रोज, लभ स्टेशन’ मा समेत अभिनय गरे । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनका पखाईमा छ । यो चलचित्रलाई सर्वाधिक पर्खाइको रुपमा हेरिएको छ । भने उनको अर्को चलचित्र ‘प्रकाश’ छिटै छायांकनमा जादैछ । उनले संतोष सेनको ‘हुतुतु’, हेमराज विसीको एक चलचित्र समेत साइन गरेर बसेका छन् ।
अभिनेता प्रदिप खड्कालाई आज जन्मदिनको शुभकामना