आज:  | Fri, 19, Apr, 2024

राप्रपाको महाधिवेशन आयोजक समिति गठन

२०७७, २५ फाल्गुन मंगलवार १७:३१ मा प्रकाशित ( ३ साल अघि) १९६२४ पाठक संख्या

 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन आयोजक समिति गठन गरेको छ । अध्यक्ष पशुपति शम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको अध्यक्षता रहेको आयोजक समिति गठन गरिएको छ। राप्रपाको महाधिवेशन आगामी वैशाख तेस्रो हप्ता आयोजना हुँदैछ। आयोजक समितिमा सचिवालयका प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्रा सदस्य सचिव रहेका छन् । त्यसैगरी दुई जना कोषाध्यक्ष आयोजक समितिमा रहने राप्रपाले जनाएको छ ।  महाधिवेशन आयोजक समितिमा केन्द्रीय कार्य सम्पादन समितिका सबै सदस्य रहने नेता विजय खड्काले जानकारी दिएका छन् ।

खबर एक्सप्रेस