आज:  | Fri, 29, Mar, 2024

‘ए मेरो हजुर ४’ २०७८ भाद्र १८ गते प्रदर्शन हुने

२०७७, २४ फाल्गुन सोमबार २२:१९ मा प्रकाशित ( ३ साल अघि) १६८०३ पाठक संख्या

बहुप्रतिक्षित नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै पोष्टर सार्वजनिक गरेका छन् । फिल्म २०७८को भाद्र १८ गते प्रदर्शन हुनेछ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माताले सुनिल कुमार थापाले सो कुरा जानकारी गराएका हुन् ।

फिल्ममा अनमोल केसी.,सुहाना थापा, सलोन बस्नेत लगाएतको मुख्य भूमिका रहेको छ । फिल्मलाई सञ्जय लामाले खिचेका छन्। फिल्मको निर्देशक भने झरना थापा रहेकी छन् । यो फिल्मका नायिका सुहानले निकै उत्कृष्ट अभिनय गरेको बुझिएको छ ।

खबर एक्सप्रेस