आज:  | Thu, 28, Mar, 2024

कोमल ओलीको बिषयलाई लिएर कलाकार संघको कडा आपत्ति

२०७७, १७ फाल्गुन सोमबार १२:०४ मा प्रकाशित ( ३ साल अघि) १४४७८ पाठक संख्या

 

राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वलीलाई लक्षित गरी एक नेताले प्रयोग गरेको भाषालाई लिएर कलाकार संघले  कडा आपत्ति जनाउँदै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरेका छन् । कलाकार संघका अध्यक्ष एव कलाकार रबिन्द्र खड्काले एक बिज्ञप्ति जारि गरेका छन् । “कलाकार संघका मानार्थ सदस्य, कलाकर्मी गायिका कोमल वलीको बिषयमा एकजना राजनीतिकर्मीले व्यक्त गर्नु भएको धारणा आपत्तिजनक मात्र हैन निकृष्ट ,खेदजनक र हिंसायुक्त छ । यस्को हामी निन्दा गर्दैछौ, पुर्व मन्त्री जस्को म सदैव सम्मान गर्थे,वहाँका निर्वाचन मा पुर्णरूपमा साथ दिदै आएको थिए तर कला जगतमा एउटा राम्रो छवि बनाइसक्नु एक कलाकर्मी त्यस्मा पनि देशको एक सम्मानीत नारी लाई लिएर तल्लो स्तरमा ओर्लेर जून शब्द प्रयोग गर्नु भएकोले मलाई मात्रै हैन हाम्रो सिगो क्षेत्रलाई नै चिन्तित तुल्याएकोछ, तसर्थ कुनै पनि रिस,आवेगमा पनि कलाकर्मीको चरीत्र हत्या हुने खालका अपशव्द प्रयोग कसैले पनि नगर्न नगराउन पनि हामी जोडदार अपिल गर्दछौ”।

त्यस्तै कलाकार संघ युकेको पनि कडा आपत्ति 

उक्त टिप्पणीको विषयलाई लिएर नेपाल चलचित्र कलाकार संघ यूके (फान)की अध्यक्ष रोमियन लिम्बूको सिंगो कार्यसमिति एबम सल्लाहकारहरुको सहभागिताले गम्भिर ध्यानाकर्षण भएको जनाएकी छिन्।

बिभिन्न कलाकारले सामाजिक संजाल मार्फत यो घटनालाई लिएर कडा टिप्पणी दिएका गर्दै बिरोध गरीरहेका छन् ।

खबर एक्सप्रेस