आज:  | Sun, 14, Apr, 2024

कोमल वलीको बिषयलाई लिएर करिश्माको कडा टिप्पणी

२०७७, १७ फाल्गुन सोमबार १०:११ मा प्रकाशित ( ३ साल अघि) १९५९३ पाठक संख्या

काठमाडौँ । राष्ट्रिय सभा सांसद एवं कलाकार कोमल ओलीलाई नेता रघुजी पन्तले गरेको टिप्पणीलाई लिएर सिंगो कलाकारहरुले बिरोध गरेका छन्।एक कार्यक्रममा नेता पन्तले “कोमल ओलीले यसो सारी सरक्क सर्काएर गोरा पिडुंला देखाउँदै पोइला जान पाम भनेपछि सांसद त दिने नै भयो । कपाल फुलेर चाउरी पर्या बुढाबुढी कमरेडहरु न एकचोटि राष्ट्रिय सभाको सांसद बन्न पाछन् न एकचोटि केन्द्रीय कमिटीको सदस्य हुन पाछन्। उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् अहिले केन्द्रीय कमिटीको सदस्य पनि भइन्।”

यो भनाईलाई लक्षित गर्दै बरिष्ठ कलाकार करिश्मा मानन्धरले आफ्नो सामाजिक संजालमा “ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका, ठुला ठुला नाम भयेका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्का प्रति टिप्पणी र प्रतिकार गर्ने  शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो ! घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो ! अब त हुँदा हुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो ,त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो ! सुझाव दिन मन लाग्यो ।

आदरणीय ! पहिला आफुले आफुलाइ सम्मान गर्नुस,अनि अरुलाई सम्मान गर्न स्वतह सक्नुहुनेछ ।छोरीचेली बारे केही बोल्दा अफ्नि जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस ।” भन्दै आक्रोस पोखेकी छन् ।

खबर एक्सप्रेस