आज:  | Fri, 29, Mar, 2024

दाङका मृगौला पिडितलाई युनिक स्वयमसेवक नेपालको नगद सहयोग

२०७७, १५ फाल्गुन शनिबार २२:५२ मा प्रकाशित ( ३ साल अघि) १९९९६ पाठक संख्या

१५ फागुन २०७७, शनिबार दाङ,/लमही नगरपालिका वडा न ९ तेलिया निवासी दुबै मृगौला पिडित २१ वर्षिय भिम बहादुर रावतका श्रीमति सुशीला रावतलाई युनिक स्वयमसेवक नेपालले उपचारका लागी सहयोग रकम हस्तान्तरण गरेकोछ।
शनिबार लुम्बिनी प्रदेश लमहि नगरपालिका वडा न -९,तेलिया स्थित निवासमै पुगेर युनिक स्वयंसेवक नेपाल सस्थाका अध्यक्ष अजिला बस्नेत,सचीव सरोज कार्की, कोषाध्यक्ष सुर्यमान कार्की सामाजिक अभियन्ता तथा सन्चारकर्मी पवन वि.क.लगायतको बिशेष उपस्तिथिमा आज नगद २ लाख १ हजार ६ सय रुपैंया परिवारलाई हस्तान्तरण गरेको हो । कलिलो उमेरमै बिबाह भएका उनिहरुको वर्ष ४ का एक छोरी र २ वर्षका १ छोरा गरि २ सन्तान छन। घरको आर्थिक स्थिति अत्यन्तै दयनीय एवं नाजुक भएका उनिहरुको जिवनमा ठुलो बज्रपात आएको र पीडित परिवारले यथासक्दो सहयोगको अपेक्षा राखेको छ।

रावत हाल काठमाडौंको शिक्षण अस्पतालमा उपचारमा छन।सामाजिक अभियानकै क्रममा रावतको स्वास्थ अवस्थाबारे थाहा पाएपछि आफुहरुले सहयोग रकम जुटाउन दाङको लमही र घोराहीमा भिम बहादुर रावत बचाउ अभियान चलाएको युनिक स्वयमसेवक नेपालका सचीव सरोज कार्कीले बताए । सहयोग रकम प्राप्त भएपछि परिवारले खुसि तथा धन्यवाद ब्यक्त गरेका छन्।

खबर एक्सप्रेस