आज:  | Fri, 16, Apr, 2021

अब देशको राजनीति हावा कता बहकिन्छ ?

२०७७, १३ फाल्गुन बिहीबार २३:३१ मा प्रकाशित ( १ महिना अघि) ६१७० पाठक संख्या

…. कमरेडहरूको दोहोरी सुन्दा सुन्दा दिक्क भएका हामि जनता अबको  राजनिती हावा कता बहकिन्छ र  के  हुन्छ भनेर सबैलाई  अहिले चासोको विषय बनेको छ । 

प्रधानमन्त्रीको असंवैधानिक कदमले झण्डै  संविधान र संसद नै विघटन हुने स्थिति थियो तर सर्बोच्च अदालतले संसदलाई पुन: स्थापना सहित ससंदिय दलको  बैठक नै आब्हान सहितको फैसला सुनाएको छ । र देशमा न्याय नमरेको गतिलो विश्वास जनतालाई दिएको छ न्यायलयले  र अबको बाटो के हो त ? राजनिती दलहरूको भन्दा विशेष गरेर देशलाई अनिर्णयको बन्दी बनाउने कि ? बाटो फुकाएर अगाडि बढ्ने दलहरूको हातमा छ ।

दलहरू अझै पनि जुट्नु पर्ने स्थितिमा नै सबैको भलो हुन्छ । अहिलेको चासो नेपाली राजनितीमा एकअर्कालाई कमजोरी  देखाउदै आरोप र प्रत्यारोप कमजोरी खोतलने भन्दा पनि गहन राजनीति विचार बिर्मशको आवश्यकता देखिन्छ । आफनाहरूसंग कहिले सडकबाट त कहिले भाषणबाट अपशब्दहरू बोलेर आफुलाई नग्याउने बेला पक्कै होईन । सधै सत्ता र भत्तामा मात्र आफुलाई केन्द्रित गर्नु नै कमरेडहरूको भुल भएर आजका दिन सम्म आउनु पर्यो अब केही ले कहि केही त्यागको राजनीति गर्नु अत्यन्तै जरूरी छ ।ठुला दलका नेताहरूले होईन भने अब राजनीतिकाट केही सन्यास लिन पनि आवश्यक देखिन्छ । सच्चिन नसक्ने र त्यागी हुन नसक्नेहरूले राजनीति नगरेकै राम्रो अब अलिकति चेतना पनि आयो होला कमरेडहरूलाई जनताले पुर्ण वहुमत दिएर बिशौ बर्ष टिकेर देश विकास गरेर खान दिएको मताधिकार खेर गएको भान हुन्छ सडकमा नारा जुलुस देख्दा शक्ति प्रद्रशन तर नेताहरूले यो पनि बुझ्न जरूरी छ ! यसरी जनतालाई दिनदिनै सडकमा ल्याउदा पक्ष बढ्यो भनेर खुशी हुन आवश्यक छैन ।

जनता आज भोलि हरेकको नारा जुलुसमा आउने  केही वाहेक धेरै उनिहरू नै हुन तपाईको राजनीतिले आजीत र वेरोजगार भएर केही क्षण राहतको लागि भए पनि आउछन ।त्यो पनि बुझेर सच्चिन आवश्यक छ ।यस्तै स्थिति रहिरहे अझै पनि देश त आफै चलिनै रहेको छ जसोतसो चल्छ नै तर तपाईहरूको राजनिती कहिले पनि कसैले पत्याउन नसक्ने गरि हजारौं बर्ष  पछाडि पर्छ नै र प्रधानमन्त्री ले पनि वहुमत थाम्न नसकेर नै असंवैधानिक कदम चाल्न बाध्य भएका हुन र अझै पनि पहिलाको हल्ला खल्ला दोश्रोको लाभ नहोला भन्न सकिन्न किन कि भोलि प्रधानमन्त्री पदको विज्ञापन भएर नेकपाले थान्न नसक्ने भएर प्रतिपक्षलाई जिम्मा लगाउने स्थिति नजिकिदैछ । तपाईहरूको राजनिती न देश प्रेम गर्यो न त आफ्नाहरूसंग नै प्रेम गर्नु भयो आफ्नै घरभित्र आगो लगाएर लड्डु खाने खुवाउने गर्नु हुदैछ । 

परिणाम के होला अगाडिको बाटो थाहा छैन ? 

एउटा प्रेम हुन्छ देश संग, अर्को प्रेम हुन्छ भेष संग

 देशलाई प्रेम गर्छौ भनेर सत्तामा पुगेकाहरूले,सत्तालाई देखेपछि देशलाई लत्ताइदिए। नजर पनि ठाउँ अनुसार फरक हुने रैछ,नेतृत्व गर्दाको नजर र त्यस पछाडी पाएको अवसरको नजर। मूलतः यही एउटा कारण होला नेपालको राजनीति देश प्रेममा सफल हुन नसकेको।भलही,कोही भने राजनीतिमै प्रेम पस्किराखेका पनि छन,त्यो फरक कुरा हो । 

फरकले पनि फरिया लगाएर सदन,सांसद,गल्ली र चौडाहामा नाच्न थाल्यो भने,देश पल्टिदै छ भनेर बुझ्नु। अरूको उचाई देखेर,जो होचो उसैले घोच्यो भन्ने तर्क राख्नेहरूको जमातमा,प्रेमले पनि प्रकृति नपाउँला । तर तपाईहरूको राजनितीले त भेषलाई पनि प्रेम गर्नु सकेन ।अब नेपालको राजनीति हावा झनै तातो वहने स्थित देखिदैछ । प्रतीगमन त सच्चियो होला केही हदमा अब राजनीति गर्ने ब्यक्ति धेरै हदमा सच्चिन जरूरी देखिन्छ । बोलीमा लगाम लगाउन अलिक बढि नै ध्यान दिन जरूरी छ । 

वेलगामको बोलीले केही हलमा तालिको गडगडाहट आएपनि पछिको परिणाम राम्रो पक्कै हुदैन । युवा पुस्ताका राजनिती गर्ने ब्यक्तिहरूले पनि वृद्व राजनीतिज्ञहरूलाई सहि सुझाव र गुटबन्दीबाट मुक्त जबसम्म बनाउन सक्दैनन युवा नेताहरूको  राजनिती पनि पुस्ता नै टिक्ने हुदैन ।

राजनीति भनेको वृद्वहरूबाट सिकेर युवाले उपयोग गदै समाज जोड्दै विकास गर्ने हो तर यहा त वृद्व उमेर रहुन्जेल पद हड्प्ने अनि माईक समाए पछि उखान टुक्का देखि लिएर सात पुस्ता सम्म कसैले मिलाएर त कसैले अपशब्द बोलेर तालि खाने काम गरेपछि राजनीति उभो लाग्ला र ? 

कमरेडहरू युवा पुस्ताको राजनिती माथि नजाने कारण गुटबन्दि    ठुलाहरूको असभ्य भाषा र कुसस्कारबाट आफुलाई सस्कारमा  सभ्य भाषा बदल्न नसक्नु नै देखिन्छ ।अहिलेको राजनिती हावा अब सच्चिने पालो नेकपाको नै देखिन्छ ।शीर्ष नेताहरूले जुहारी र दोहोरी बन्द गरि आफुहरूको भुल  कमिकमजोरीलाई सुधारेर एकता गदै देश र जनतासंग सह- कार्य गदै अगाडि बढ्दै देशलाई विकास र समृद्व बनाउने काममा लागौ ।

सबैलाई यसैमा भलो हुनेछ ।

खबर एक्सप्रेस