आज:  | Thu, 28, Mar, 2024

पुष्पको मनसँग मनको छायांकन सकियो दिए सबैलाई धन्यबाद

२०७७, १२ फाल्गुन बुधबार २३:५० मा प्रकाशित ( ३ साल अघि) २५८२४ पाठक संख्या

कहिले न मातिने र नआतिने अभिनेताको उपमा पाएका पुष्प खड्काको मनसँग मनको सम्पूर्ण छायांकन सकेको जानकारी आफनो सामाजिक संजालमा शेयर गरेका छन् ।

यो चलचित्र नयाँ वर्ष २०७८ मा प्रदर्शनमा गर्ने गरी चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको छ । चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी, कलाकार बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दालगायतको पनि अभिनय रहेको छ ।

यो चलचित्रमा भारतको रमणीय स्थान दार्जिलिङ, मिरिक, सिलिगुडी र नेपालको बिभिन्न स्थानमा छायांकन गरीएको छ । कैलाश राईको निर्देशनमा बनेको चलचित्र अर्जुन जीसीको सम्पादन र सन्तोष खवासको एक्सन रहेको छ । भने चलचित्रको निर्माता अरुण तामाङ रहेका छन् । फिल्मको कथा र पटकथा पनि निर्देशक राईको नै रहेको छ ।

खबर एक्सप्रेस