आज:  | Fri, 16, Apr, 2021

नेपालमा कोरोना निको हुने संख्या ९८.७ प्रतिशत

२०७७, १२ फाल्गुन बुधबार २२:४९ मा प्रकाशित ( १ महिना अघि) १४२७ पाठक संख्या

काठमाडौं, फाल्गुन १२ गते । नेपालमा कोरोनाका ९४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा दुई लाख ७३ हजार ७६० कोरोनाका संक्रमित पुगेका छन् । आज ७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७० हजार १३९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो संख्या ९८.७ प्रतिशत हो । आज एकजना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार ६६ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस