आज:  | Fri, 16, Apr, 2021

कोरोनाका ११० जना सङ्क्रमित थपिए

२०७७, ११ फाल्गुन मंगलवार २०:५० मा प्रकाशित ( १ महिना अघि) १४२७ पाठक संख्या

काठमाडौं, फाल्गुन ११ गते । नेपालमा कोरोनाका ११० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ । आजतीन हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । आज १०२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् । आज चार जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट नेपालमा दुई हजार ६५ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस