आज:  | Thu, 28, Mar, 2024

केही दिन यता नेपालमा कोरोना सङ्क्रमितको मृत्यु शुन्यमा

२०७७, १० फाल्गुन सोमबार २२:४२ मा प्रकाशित ( ३ साल अघि) ७१९३ पाठक संख्या

काठमाडौं, फाल्गुन १० गते । नेपालमा कोरोनाका १२५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ। आज ९० जना सङ्क्रमित निको भएका छन् भने हालसम्म दुई लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा एक हजार ५२९ जनामा कोरोना सङ्क्रमण सक्रिय रहेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसबाट दुई हजार ६१ जनाले ज्यान गुमाएका छन् ।

खबर एक्सप्रेस