आज:  | Sun, 28, Feb, 2021

अभिनयसँगै सामाजिकसेवामा अब्बल पलको आज जन्मदिन

२०७७, १० फाल्गुन सोमबार १६:१५ मा प्रकाशित ( ५ दिन अघि) २४८१ पाठक संख्या

नेपाली फिल्मका एक संघर्षशील नायक जसमा बिनम्रता र लोकप्रियताको चुली नै चुली छ । जसका कारण् उनी नेपाली फिल्मका सफल ब्यवसायिक नायक बनेका छन् । उनै पल शाह ३१औं बर्षमा प्रबेश गरेका छन्।

नेपालको पश्चिम दाङमा जन्मिएका पल म्यूजिक भिडियोमा पनि नेपाली दर्शकमाझ एकनम्बरमा छन् । पल म्यूजिक भिडियो फिल्डबाट नेपाली फिल्म ‘नाईं नभन्नू ल ४’ मा डेब्यू गरेका हुन्। उनको डेब्यू फिल्म बक्सअफिसमा हिट भएको थियो ।उनले अभिनय गरेको फिल्म ‘म यस्तो गाीत गाउँछु’ ले झन सफलता पाएपछी उनको फिल्मी करियर झन उचाईमा पुगेको हो । 

पलले ‘जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम २’ मा समेत् नायकको रुपमा काम गरिसकेका छन् । गत बर्ष कोरोनाका कारण रिलिज हुन नसकेको उनको नयाँ फिल्म ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । पलको हुतुतु ‘दुई नम्बरी र सत्यम् पाइपलाइनमा रहेका नेपाली फिल्म हुन।

पलले फिल्मसँगै सामाजिक काममा निकै सकृय छन् । कोरोना महामारीका बेला भएको लकडाउनबाट आर्थिक संकट परि अपठ्यारोमा परेका फिल्मका प्राबिधिक र कलाकारहरुलाई घरघरमा पुगेर राहत बितरण गरेका थिए । त्यस्तै कर्णालीको कालिकोट जस्तो बिकट क्षेत्रमा आँफै गएर पहिरो पीडितलाई राहत बितरण गरेका थिए । भने अछामको पहिरो पीडितलाई समेत् राहत बितरण गरेका थिए । यस्ता कार्यबाट पल आमदर्शकको मनमनमा बस्न सफल भएका छन्। पललाई जन्मदिनको शुभकामना ।

खबर एक्सप्रेस