आज:  | Thu, 28, Mar, 2024

आज नेपालमा कोरोनाबाट एकजना पनि मृत्यु भएन

२०७७, ८ फाल्गुन शनिबार १८:५७ मा प्रकाशित ( ३ साल अघि) १४३५४ पाठक संख्या

काठमाडौं, फाल्गुन ८ गते । नेपालमा आज दुई हजार ४८ जनाको पीसीआर परीक्षण गरिएकोमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नेपालमा कोरोना सङ्क्रमित दुई लाख ७३ हजार ३५१ पुगेका छन् । आज १३६ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ६९ हजार ७५५ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोनाका एक हजार ५३५ जनामा मात्र सक्रिय सङ्क्रमण हरेको छ ।

खबर एक्सप्रेस