आज:  | Sun, 28, Feb, 2021

डक्टर डेनिम पुग्यो सुदूरपश्चिममा प्रेमगीत३ का नवनायक धनगढी पुगे

२०७७, ६ फाल्गुन बिहीबार २३:०९ मा प्रकाशित ( १ हफ्ता अघि) ९६२ पाठक संख्या

कैलाली धनगढी । पछिल्लो समय नेपाली उत्पादनमा निकै चर्चा कमाएको ब्राण्ड डक्टर डेनिमले नेपालको सुदूरपश्चिममा पनि आफूलाई स्थापित गर्न सफल भएको छ । यसको स्थापनाका लागी प्रेमगीत ३ का नव नायक मनिष रावत र कमेडी च्याम्पियन हिमेश पन्त धनगढी पुगेका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी नेपाली उत्पादनलाई माया गर्न सबैलाई अपील गरे । स्वदेशी उत्पादनलाई सबैले माया गरी स्वदेशी ब्राण्डलाई देशका कुना कन्धरामा पुरयाएर नेपालीलाई स्वरोजगार गर्ने अभियानमा सबैले साथ दिन आब्हान गरे । यस ब्राण्डले पुरुष र महिलाका लागी बिभिन्न किसिमका लुगाहरू उत्पादन गर्दै आएको छ । डक्टर डेनिमले नेपालको सुदूरपश्चिममा आफ्नो उत्पादनलाई सहज बनाउन अझ लागी पर्ने बताईएको छ । अहिले धनगढी र महेन्द्रनगरमा आफ्नो उत्पादन बिक्री गरिरहेको छ । आजै डक्टर डेनिमको टिम कैलालीको टिकापुर पुगेको छ । अब यस ब्रान्डका बिभिन्न उत्पादनहरु टिकापुरमा पनि पाईने बताईएको छ । नायक रावत डक्टर डेनिमका ब्राण्ड एम्बेस्टर समेत रहेका छन् ।

खबर एक्सप्रेस