आज:  | Sun, 28, Feb, 2021

आज तीन जना कोरोना सङ्क्रमितको मृत्यु

२०७७, ६ फाल्गुन बिहीबार २२:४४ मा प्रकाशित ( १ हफ्ता अघि) ६५२ पाठक संख्या

काठमाडौं, फाल्गुन ६ गते । नेपालमा कोरोनाका ९६ जना सङ्क्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ । आज तीन हजार ५४१ जनाको नमूना परीक्षण गरिएको छ । हालसम्म २१ लाख ३१ हजार ३३० जनाको कोरोना परीक्षण गरिसकेको छ ।
आज तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ५८ पुगेको छ ।

खबर एक्सप्रेस