काठमाडौं, फाल्गुन ५ गते । नेपालमा कोरोनाभाइरसका १२५ जना सङ्क्रमित थपिएका छन् ।
आज तीन हजार ८३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म २१ लाख २७ हजार ७८९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । आज ९१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त भएको संख्या दुई लाख ६९ हजार ३९४ पुगेको छ । कुल सङ्क्रमितको ९८.७ प्रतिशत हो ।