स्वच्छता मेरो पहिचान सफाइमा मेरो योगदान भन्ने मुलमन्त्रका साथ बि.स. २०७५ सालदेखी शुरुभएको मेची महाकाली सफाइ अभियान अन्र्तगत आज संखुवासभाको खादबारीमा सफाइ अभियान सम्पन्न भएको छ् । सफा स्वच्छ नेपाल हाम्रो अभियानलाई देशब्यापी बनाउने गरी तयारीमा यसका अभियन्ताहरु रहेका छन् । देशब्यापी रुपमा संचालन हदै आएको यो अभियान हाल देशका ५० भन्दा बढी स्थानमा अभियान सम्पन्न भईसकेको छ । खादवारीमा सम्पन्न सफाइ अभियानमा स्थानीय तह, नेपाल प्रहरी, स्थानीय संघसस्था, आमा समुहहरुको सहभागीता कार्यक्रम सम्पन्न भएको थियो , कार्यक्रमको संयोजन अभियन्ता सरोज कोइरालाले गरेका थिए ।