वाग्मती सफाइ अभियानमा कमेडि च्याम्पियन सिजन एकका बिजेता हिमेश पन्त संलग्न भएका छन् । बाग्मति सफाइ महाअभियानको ४०५औं हप्ताको अभियानमा उनी आज वाग्मती नदी भित्र छिरेर दुई घण्टा सफाइमा जुटेका थिए ।
देशको ठुलो महाअभियानमा जोडीन पाउदा आफुमा गर्व महशुस भएको बताए । देशको बर्तमान घटनाप्रती कमेडी मार्फत कडा प्रहार गर्दै आएका हिमेशले सबै मिली देश बनाउन अपिल समेत गरे । उनलाई महाअभियानबारे पुर्व मुख्य सचिब एवं प्रमुख अभियन्ता लीलामणी पौड्यालले जानकारी गराएका थिए ।
सफाइ अभियानमा आफु निरन्तर लागि रहने बताय ।उनले आफ्नो सामाजिक संजालमा लेख्दै खुशी ब्यक्त गरेका छन् ।
यो महाअभियान वि.सं. २०७० जेठ ५ गते शुरु भएको हो । देशको सबैभन्दा ठुलो र लामो महाअभियान निरन्तर संचालन भई ४०५औं हप्तासम्म आईपुगेको छ । कुनै समय पनि नरोकीएको महाअभियानमा १० लाखभन्दाबढीको जनसहभागीता भैसकेको छ । भने २० हजार मेट्रिक टनभन्दा धेरै फोहोर नदीबाट निकाली ब्यबस्थापन गरीसकेको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको अहम भूमिका रहदै आएको छ ।
नदी किनारमा करीब ५००० बिरुवा रोपिएको छ । नदी किनारमा १३ वटा भन्दा बढी पार्क निर्माण कार्यले तिब्रता पाएकोछ ।