आज:  | Sun, 28, Feb, 2021

सरकारले सामाजिक संजाल नियमन गर्न निर्देशिका ल्याउदै

२०७७, ३० माघ शुक्रबार २३:३६ मा प्रकाशित ( २ हफ्ता अघि) १२४१ पाठक संख्या

काठमाडौँ, माघ ३० गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारले सामाजिक सञ्जाल नियमन गर्न निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयमा आयोजित एक अन्तक्रिया कार्यक्रममा उने सो कुरा बताएका हुन।
सामाजिक सञ्जालबाट विभिन्न अपराधिक गतिबिधी बढ्दै गएकोले सरकारले निर्देशिका ल्याउने लागेको बताए । तर यस किसिमको निर्देशिकाले भने नागरकिको अभिव्यक्ति स्वतन्त्रतामा असर नपर्ने बताए । सरोकार निकायमा छलफल गरेर यो निर्देशिकालाई अन्तिम रुप दिने बताए ।
सामाजिक संजाल फेसबुक, म्यासेन्जर, ट्विटर, युट्युब, भाइबर, ह्वाट्सअप, ईमो, इन्स्टाग्राम, वी च्याट, टीकटकलाई नेपालभित्र अनिवार्य दर्ता गर्ने र सरकारले नियमण गर्ने गरी निर्देशका ल्याउने गरी छलफल भइरहेको र यसकिसिमको निर्देशिका आए अपराधिक गतिबिधीमा कमी आउने उनले बताए ।

खबर एक्सप्रेस