चरिकोट राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्य सम्पादन समितिका सदस्य विजय खडकाले धर्म संस्कृति र परम्परा जोगाउने एकमात्र पार्टी राप्रपा रहेको वताएका छन,राप्रपा दोलखा, कालिञ्चोक गाउँपालिका – ९ वडा कमिटीको अधिवेशनको प्रमुख अतिथिको रूपमा बोल्दै खडकाले अब मुलुकमा छिट्टै हिन्दुराष्ट्र र राजतन्त्र फर्किने वताउँदै यो नेपाली जनताको वलमा राप्रपाको अगुवाइमा मात्र सम्भव हुने उनले वताए, हिन्दु समुदायको भोट् आकर्षित गर्न पशुपति धाउने प्रधानमन्त्रीले सपथ खाँदा ईश्वरको नाम लिन नसक्नु विडम्बना भएको वताए,सम्भु पकुवालको अध्यक्षतामा ९ सदस्यीय वडा कार्यसमिति गठन भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य तिर्थ वहादुर केसी ,नवराज श्रेष्ठ ,जिल्ला अध्यक्ष राजन शिवाकोटी ,नगर अध्यक्ष बिष्णु श्रेष्ठ ,जिल्ला कार्य सम्पादनका सदस्यहरू भाष्कर पाण्डे,भानुभक्त शिवाकोटी लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए।राप्रपा दोलखाले केन्द्रीय अधिवेशनलाई केन्द्रित गरेर कार्यक्रम अगाडि वढाई रहेको छ।