आज:  | Fri, 19, Apr, 2024

बैतडीमा बाबुले छोरीलाई गोली हानी हत्या

२०७७, २५ माघ आईतवार १०:१३ मा प्रकाशित ( ३ साल अघि) १८८१८ पाठक संख्या

बैतडीको पुर्चौंडी नगरपालिका १० महरागाउँका धनसिंह महराले आफ्नै छोरीमाथि गोली प्रहार गरेर फरार भएका छन् । शनिबार दिउँसो आफ्नै २० बर्षीया छोरी बेलमति महरा धामीमाथि गोली प्रहार गरी हत्या गरेका महरा जंगलतिर भागेका र अझै पनि फरार रहेका पुरघाट प्रहरीचौकीले जनाएको छ ।

घटनास्थलमा प्रहरीको टोली पुगेको भएपनि महरालाई फेला पार्न सकिएको छैन् । हतियार सहित भागेका उनी राती आएर आफ्नै पुरानो घरमा आगजनी समेत गरेका छन् ।जंगलतिर हतियार सहित भागेका महराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आफ्नै छोरीमाथि किन गोली प्रहार गरे भन्ने बिषयमा अझै खुलेको छैन् ।

खबर एक्सप्रेस