आज:  | Sun, 28, Feb, 2021

सदावहार नायिका करिश्मा ४७ वर्षमा प्रवेश

२०७७, २२ माघ बिहीबार २१:२७ मा प्रकाशित ( ३ हफ्ता अघि) २६०५ पाठक संख्या

नेपाली चलचित्र क्षेत्रकी सदावहार नायिका करिश्मा मानन्धर ४७ वर्षमा प्रवेश गरेकी छन् । उनी नेपाली चलचित्र क्षेत्रकी एकछत्र राज गर्ने नायिका मध्य पर्छिन । उनी अहिलेपनी दर्शक माझ त्यतिकै लोकप्रिय छिन् । नायिका करिश्मा मानन्धर काठमाडौको बत्तीसपुतलीमा बि.स. २०३० माघ २२ गते जन्मिएकी हुन । १४ वर्ष कै उमेरमा आफ्नो अभिनय यात्रा शुरु गरेकी थिईन् । निर्देशक प्रकाश थापाको चलचित्र ‘सन्तान’बाट नायिकाको रुपमा डेब्यू गरेकी थिईन् । उनका कस्तुरी, ट्रक ड्राइभर, भाउजु, मायालु, साथी, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ लगायत धेरै चलचित्रले उनलाई सफलताको शिखरमा पुरयाएको थियो । त्यो समयमा उनी चल्तीका नायक बराबरको पारिश्रमिक बुझ्ने गर्थिन । उनले मुम्बई गएर मधुमति डान्स सेन्टरमा नृत्य र अभिनय समेत सिकेकी थिइन् ।
उनले चलचित्र समेत निर्माण गरेकी थिइन् । उनले निर्माण गरेको चलचित्र ‘ढुकढुकी’ निकै सफल भएको थियो । सामाजिक संजालमा निकै सक्रिय नायिका करिश्मा मानन्धर सामाजिक क्षेत्रमा पनि सक्रिय रहदै आएकी छिन् ।
१८ वर्षको उमेरमा निर्माता विनोद मानन्धरसँग विवाह गरेकी थिईन् । उनकी एक छोरी कविता मानन्धर छिन् । चाडै चलचित्र ‘बनवास’ बनाउने घोषणा गरेकी नेपाली फिल्मकी सदावहार नायिका करिश्मा मानन्धरलाई खबरएक्सप्रसको तर्फबाट जन्मदिनको धेरै शुभकामना ।

खबर एक्सप्रेस