आज:  | Sun, 28, Feb, 2021

संवैधानिक आयोगका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण सम्पन्

२०७७, २१ माघ बुधबार १४:०९ मा प्रकाशित ( ३ हफ्ता अघि) १३३४ पाठक संख्या

काठमाडौं माघ २१ गते ।विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण सम्पन्न भएको छ।राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।  संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराएका थियो ।

 

खबर एक्सप्रेस