आज:  | Wed, 27, Mar, 2024

रोहित चन्द दक्षिण एसियाको मूल्यवान् फुटबल खेलाडीको सुचीमा

२०७७, २१ माघ बुधबार १३:५९ मा प्रकाशित ( ३ साल अघि) १६८६५ पाठक संख्या

प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarktले दक्षिण एसियाको सबैभन्दा मूल्यवान् फुटबल खेलाडीहरूको सुची इन्स्टाग्राममा राख्दै Transfermarkt ले अनुसार जकार्तामा खेल्दै गरेका नेपाली फुटबल स्टार रोहित चन्दको मूल्य २७५,००० युरो रहेको छ।

भारतका गोलकिपर गुरप्रीत सिंहको मूल्य पनि सोही रहेको प्रसिद्ध अन्तर्राष्ट्रिय फुटबल ट्रान्सफर वेबसाइट Transfermarktले देखाएको छ जसको मतलब नेपाली स्टार रोहित चन्द र भारतका गोलकिपर दक्षिण एसियाकै सबैभन्दा महँगो फुटबल खेलाडी हुन्। उक्त वेबसाइटले फुटबल खेलाडीहरूको मूल्याङ्कन गर्ने गर्छ र सो वेबसाइट फुटबल फ्यानहरूमा धेरै प्रसिद्ध छ भने क्लबहरूले पनि खेलाडी साइन गर्न सो वेबसाइटको मद्दत लिने गर्छन्। Transfermarktले तयार गरेको दक्षिण एसियाको सबैभन्दा महँगो फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

Akram Abdul Ghanee (Maldives)- €75,000

Ahmed Waseem (Sri Lanka)- €100,000

Chencho Gyeltshen (Bhutan)- €150,000

Mohammad Adnan (Pakistan) €200,000

Gurpreet Singh (India)- €275,000

Rohit Chand (Nepal)- €275,000

खबर एक्सप्रेस