आज:  | Thu, 18, Apr, 2024

काठमाडौँमा देखियो बर्डफ्लु सचेत हुन सरकारको आग्रह

२०७७, १८ माघ आईतवार १२:०५ मा प्रकाशित ( ३ साल अघि) १६१२१ पाठक संख्या

काठमाडौँ, माघ १८ गते । काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्डफ्लु फेला परेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की, हाँस मर्न थालेपछि त्यसलाई परीक्षण गराउँदा बर्डफ्लु भएको पुष्टि भएको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए ।

त्यहाँ स्थानीय पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा शुक्रबार बर्डफ्लु फेला परेको हो । बर्डफ्लु पुष्टि भएपछि विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको छ । सरकारले पन्छीपालक कृषकको फार्म परिसरमा नियमित रूपमा निसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनसमेत आग्रह गर्दै कुनै पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका सम्बन्धित निकायमा सूचना गर्न समेत्   आग्रह गरेको छ।

खबर एक्सप्रेस