आज:  | Sun, 28, Feb, 2021

कहिले नरिसाउने शिव श्रेष्ठको मध्यरातमा किन रिसाए आयो कडा स्टाट्स

२०७७, १६ माघ शुक्रबार २२:४० मा प्रकाशित ( ४ हफ्ता अघि) ३७५२ पाठक संख्या

कोरोना महामारीका कारण बन्दभएको सिनेमा घरलाई सुचारु गर्न जोखिम मलेर एउटा यस्तो प्रेम कहानि सिनेमा मार्फत सिनेमा घर खोल्न एक्सन स्टार वरिष्ठ नायक शिव श्रेष्ठले निकै मेहनत गरे । उनले प्रधानमन्त्री केपी ओली समेतलाई भेटि हल खोल्ने काम गरे तर उनको कामलाई भने कलाकार पत्रकारले साथ दिएनन् । बरु गल्ती देखाउन ब्यस्त भए । सिनेमाका बिभिन्न गल्ती पाटाहरु पक्कै होलान तर यसरी साथ नदिनु भनेको फिल्म क्षेत्रलाई नै तहसनहस बनाउन केही मिडिया घरदेखी पत्रकारसम्म लागेको कुरा लुकाएर लुक्दैन । अन्योलका बिच हलमा दर्शकहरु आउने नआउने भन्ने ठुलो अन्योलता भएको समयमा माघ १ गते बाट नेपाली फिल्म “एउटा यस्तो प्रेम कहानी” देशका बिभिन्न हलहरुमा प्रदर्शन गरियो । 

चलचित्रका अभिनेता तथा फिल्म निर्माता शिव श्रेष्ठ निकै लागे तर चलचित्र चलाऊन सफल भए । तर उनलाई आफ्नै चलचित्रका कलाकारले साथ दिएनन् ।उनको गुनासो छ कलाकारले डबिङको लागि समय नदिने निकै दु:ख पाएको गुनासो गरे । यती गर्दापनी साथ नपाएपछी उनले मध्यरातमा आफ्नो सामाजिक संजाल फेसबुक मार्फत स्टाटस् लेख्दै “नेपाली फिल्म क्षेत्रबारे केही लेख्दैछु । अनि यो क्षेत्रका बिभिन्न ब्यक्तित्वहरु र तिनीहरुको कुकृत्यहरु बारे भण्डाफोर समेत गर्दैछु प्रतिक्षा गर्नुहोला” भनी कडा शब्द प्रयोग गरेका छन् । 

 

खबर एक्सप्रेस