आज:  | Fri, 26, Feb, 2021

‘आरआरआर’ दशैमा प्रदर्शन हुने

२०७७, १३ माघ मंगलवार २०:३६ मा प्रकाशित ( १ महिना अघि) २५४३ पाठक संख्या

साउथका दुई सुपरस्टार नायक रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको चलचित्र ‘आरआरआर’लाई दशैमा प्रदर्शन गर्ने गरेको छ । सो चलचित्र अक्टुबर १३ तारिखमा रिलिज गर्ने बताईएको छ । चलचित्रलाई एसएस राजमौलीको निर्देशन रहने चलचित्रमा नायिका आलिया भट्ट, नायक अजय देवगण, श्रीया सरन लगायतको पनि मुख्य भूमिका रहनेछ । अहिले चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा रिलिज गरिनेछ । यो चलचित्रको बजेट ४५० करोड रहेको बताइएको छ । राजमौलीले निर्देशन गरेको ‘बाहुलबी र बाहुबली २’ले बक्स अफिसमा बम्पर कमाई गरेका थिए ।

खबर एक्सप्रेस