आज:  | Thu, 18, Apr, 2024

कोरोनाका ३०३ जना सङ्क्रमित थपिए

२०७७, १३ माघ मंगलवार २०:०९ मा प्रकाशित ( ३ साल अघि) ८५२६ पाठक संख्या

काठमाडौं, माघ १३ गते । नेपालमा कोरोनाका ३०३ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका दुई लाख ७० हजार ९२ जना सङ्क्रमित पुगेका छ । आज चारहजार ५७४ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म २० लाख ५२ हजार ६८७ पीसीआर परीक्षण भइसकेको छ । आज ४०१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट दुई लाख ६४ हजार ८२३ मुक्त भएका छन् । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ । आज छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने दुइ हजार १७ जना पुगेका छन् ।
अहिले तीन हजार २५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

खबर एक्सप्रेस