आज:  | Thu, 28, Mar, 2024

राजेश हमालको अभिनय रहने ‘सत्यम’को स्केच पोस्टर सार्वजनिक

२०७७, १२ माघ सोमबार २२:३२ मा प्रकाशित ( ३ साल अघि) २५३२८ पाठक संख्या

काठमाडौं । अभिनेता राजेश हमालको अभिनय रहने फिल्म ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गरीएको छ । शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा राजेश हमाल र अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । शाहीको भुमिको भने भिलेनमा रहने निर्देशक कार्कीले बताएका छन् । फिल्ममा पल शाह र उपासना सिंह ठकुरीको पनी अभिनय रहने छ । फिल्मका निर्माता रेशम सापकोटा रहने छन् । फिल्मको बाँकी कलाकार अडिसनबाट छान्ने गरी काठमाडौँमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन गर्ने तयारीमा टिम जुटेको छ ।

फिल्म रेशम सापकोटाले लेखेका हुन् । भने एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल रहने छन् । यस फिल्मका सह–निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् । कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलले संगीत रहने फिल्ममा बिदुर पाण्डेको छायाँकन, अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।

खबर एक्सप्रेस