आज:  | Tue, 16, Apr, 2024

नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगे

२०७७, १२ माघ सोमबार १९:३१ मा प्रकाशित ( ३ साल अघि) ७३१७ पाठक संख्या

काठमाडौं, माघ १२ गते । नेपालमा कोरोनाबाट ३३९ जना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ । आज ४०१ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् । योसँगैं नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.०५ पुगेको छ । आज दश जना सङ्क्रमितको मृत्यु भएको छ । सोसँगै कोरोनाबाट मृत्यु हुने दुइ हजार ११ जना पुगेका छन् ।

खबर एक्सप्रेस