आज:  | Fri, 26, Feb, 2021

छायांकनमा पुष्प र साम्राज्ञीलाई बडीगार्ड

२०७७, १२ माघ सोमबार ००:११ मा प्रकाशित ( १ महिना अघि) २९१५ पाठक संख्या

काठमाडौं : चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकनमा नायक पुष्प र नायिका साम्राज्ञीका लागि बडीगार्डको व्यबस्था गरिएको छ । चलचित्रका नायक पुष्प खड्का, नायिका साम्राज्ञी आर एल शाह र सन्दिप क्षेत्रीको छायांकन गर्दा उनीहरूको अत्याधिक क्रेज हुने गरेकोले बडीगार्डको व्यबस्था गरिएको बताइएको छ्। 

यो चलचित्रको ६० प्रतिशत छायांकन सकिएकोछ । बाँकी चलचित्रको केही दृश्य र गीत छायांकन हुन बाँकी रहेको छ । भने चलचित्रको केही दृश्य अमेरिका हुने छ् । प्रेमकथामाथि आधारित यो चलचित्रका निर्देशक रमेश एम के पौडेल हुन । चलचित्र  ‘तिम्रो मेरो साथ’मा निर्देशक पौडेलकै कथा, गीत र निर्माण रहेको छ । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाह, सरोज खनाल, सन्दिप क्षेत्री, खबपु , इमिली लामा र विशेष भूमिकामा ध्रुव दत्तको अभिनय रहेको छ । आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा छायांकन भैरहेको यो चलचित्रमा सबिर श्रेष्ठको पटकथा र सम्बाद रहेको छ ।

खबर एक्सप्रेस