आज:  | Fri, 26, Feb, 2021

नेपालमा तीन हजार ३१२ जना कोरोना सक्रिय संक्रमित

२०७७, ११ माघ आईतवार २०:०५ मा प्रकाशित ( १ महिना अघि) १७३७ पाठक संख्या

काठमाडौं, माघ ११ गते । नेपालमा कोरोनाका २७०जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका दुई लाख ६९ हजार ४५० सङ्क्रमित पुगेका छन् ।
आज ४०३ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोरोना निको हुने दुई लाख ६४ हजार १३७ पुगेको छ ।
आज सात जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुइ हजार एक जना पुगेका छन् ।
हाल तीन हजार ३१२ जनामा कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

खबर एक्सप्रेस