आज:  | Fri, 26, Feb, 2021

कोरोना खोप अभियान माघ १४ गतेदेखि सुरु

२०७७, ११ माघ आईतवार ०९:०८ मा प्रकाशित ( १ महिना अघि) १८६१ पाठक संख्या

नेपाललाई भारतले अनुदान स्वरूप दिएको १० लाख डोज खोप लगाउन माघ १४ गतेदेखि सुरु हुने भएको छ। शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको बारेमा जानकारी दिएका हुन्।

खोप पहिला कसलाई 

खोप अभियानको पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालक, शव व्यवस्थापक र सुरक्षाकर्मीहरू रहेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। अनुदान स्वरूप आएको यो खोप अग्रपंक्तिमा रहेपनि जोखिममा रहेका समूहहरू दीर्घरोगी तथा बृद्ध–बृद्धाहरूलाई दिइने महाशाखाले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन् । 

खबर एक्सप्रेस