आज:  | Sun, 28, Feb, 2021

नेकपा प्रचण्ड माधव पक्षको विरोध प्रदर्शनका लागि १० वटा स्थान मुख्य

२०७७, ८ माघ बिहीबार २३:५४ मा प्रकाशित ( १ महिना अघि) ३१९४ पाठक संख्या

काठमाडौं । नेकपा प्रचण्ड माधव नेपाल पक्षले माघ ९ गते काठमाडौंमा आयोजना गरेको संसद विघटनविरुद्धको बृहत विरोध प्रदर्शनलाई व्यवस्थित र भव्य बनाउने गरी निर्देशिका जारी गरेको छ । उक्त विरोध प्रदर्शनमा नेकपा प्रचण्ड– माधव नेपाल पक्षले डेढ लाख मानिस उतार्ने भनीएको छ । 

संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विरोध प्रदर्शन र सभाका लागि बुधबार सात बुँदे निर्देशिका जारी गरेका हुन् । काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । 

खबर एक्सप्रेस