आज:  | Sun, 28, Feb, 2021

नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध छौ : मोदी

२०७७, ८ माघ बिहीबार २३:४० मा प्रकाशित ( १ महिना अघि) ३६५९ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई सामाजिक संजाल ट्विटर मार्फत धन्यवाद दिएका छन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन्। भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।

खबर एक्सप्रेस