आज:  | Sun, 28, Feb, 2021

कोरोनाविरुद्धको खोप काठमाडौँ आईपुग्यो

२०७७, ८ माघ बिहीबार १९:१२ मा प्रकाशित ( १ महिना अघि) १५२० पाठक संख्या

काठमाडौँ, माघ ८ गते । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको दश लाख मात्रा खोप अनुदानस्वरुप उपलब्ध गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारलाई आभार व्यक्त गरे ।

खबर एक्सप्रेस