आज:  | Fri, 26, Apr, 2024

नेप्सेमा उछाल

२०७७, ८ माघ बिहीबार १९:०१ मा प्रकाशित ( ३ साल अघि) १०४१७ पाठक संख्या

काठमाडौँ, माघ ८ गते । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर ४४५.५९ मा पुगेको छ ।

खबर एक्सप्रेस