काठमाडौ, माघ ७ गते । भारत सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १० लाख डोज खोप उपलब्ध गराउने जानकारी दिए। बुधबार मन्त्रालयमा भारतीय राजदुत विनयमोहन वाक्त्राको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनको मन्त्री त्रिपाठीले नेपाल सरकारलाई भारत सरकारले १० लाख डोज खोप दिने जानकारी दिए ।