आज:  | Fri, 29, Mar, 2024

राप्रपा देशको बैकल्पिक शक्ती : कुन्ती शाही

२०७७, ७ माघ बुधबार १८:४८ मा प्रकाशित ( ३ साल अघि) ३३२९५ पाठक संख्या

राष्ट्रिय प्रजातान्त्रिक महिला सगठन सुर्खेतको आयोजनामा  सुर्खेतको बिरेन्द्रनगरमा आज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय प्रजातान्त्रिक महिला सगठनका अध्यक्ष कुन्ति कुमारी शाहिको प्रमुख अतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी राप्रपा प्रबेश गर्नेलाई सम्बोधन गर्दै अबको बैकल्पिक शक्ती राप्रपा नै भएकोले सबैले मिलेर अगाडि बढने समय आएको बताइन ।

कार्यक्रममा बिशेष अतिथि कर्णाली प्रदेशकी सासद सोशिला शाहि, राप्रपा केन्द्रिय सदस्य सुनिता कुरूम्बाङ्ग, शुसिला गिरि र मनमिरा श्रेष्ठ साथै जिल्ला अध्यक्ष मान बाहादुर खड्का  लगाएतको उपस्थिति रहेको थियो । अन्जु बस्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो। 

खबर एक्सप्रेस