आज:  | Fri, 26, Feb, 2021

आज छ जना सङ्क्रमितको मृत्यु

२०७७, ५ माघ सोमबार २०:०८ मा प्रकाशित ( १ महिना अघि) १११७ पाठक संख्या

काठमाडौं, माघ ५ गते । आज नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ६४४ जना सङ्क्रमित भएका छन् । आज ३७४ जना कोरोना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ६१ हजार ८१८ जना कोरोना सङ्क्रमित निको भइसकेका छन् ।
हाल तीनहजार ८६१ जनामा कोरोनाका सक्रिय संक्रमण रहेका छन् । आज छ जना सङ्क्रमितको मृत्यु भएको छ । भने एक हजार ९६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

खबर एक्सप्रेस