आज:  | Sun, 28, Feb, 2021

ड्राइभरका सुपरस्टार छोरा यस

२०७७, ४ माघ आईतवार १९:०८ मा प्रकाशित ( १ महिना अघि) ३४११ पाठक संख्या

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार यशको आगामी फिल्म केजीएफ च्याप्टर २ को टिजरको लोकप्रियता बढ्दो छ। साथै यशको पनि फिल्म केजीएफबाट सुरु गरेर सफलताको सिँढी चढिरहेका यशको पारिवारिक पृष्ठभूमि भने कर्नाटको हासन जिल्लाको साधारण परिवारमा हो ।उनको वास्तविक नाम नवीन कुमार गौडा हो। उनका पिता कर्नाटक स्टेट ट्रान्सपोर्ट बस सर्विसमा बस ड्राइभर हुन्। मैसुरबाट पढाई पूरा गरेर यश आफ्नो कलाकार बन्ने सपना पूरा गर्नका लागि बेंगलुरु आएका थिए। यहाँको लोकप्रिय बिनाका थियटरमा भर्ना भए। यशका अनुसार उनका पिता आज पनि बस चलाउँछन्। 

फिल्म निर्देशक एसएस राजामौलीले पनि यशका पिता ड्राइभर भएको सुन्दा आफू अचम्मित भएको बताएका थिए। आफ्ना लागि यशभन्दा उनका पिता ठूलो स्टार भएको राजामौलीको भनाई थियो। पछिल्लो एक दशकमा यश कन्नड फिल्म उद्योगमा महंगो अभिनेता बनेका छन्। कन्नड सिनेमाको सबैभन्दा महंगो फिल्ममध्येको एक केजीएफको सफलतापछि यशले प्रत्येक फिल्मबाट १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन्। उनी पहिलो कन्नड कलाकार हुन जसको फिल्म केजीएफले २ सय करोडको कारोवार पार गर्‍यो।

खबर एक्सप्रेस