आज:  | Thu, 28, Mar, 2024

भारतले नेपाललाई कोरोनाको खोप उपलब्ध गराउने

२०७७, २ माघ शुक्रबार २३:३९ मा प्रकाशित ( ३ साल अघि) ९२३९ पाठक संख्या

काठमाडौँ, माघ २ गते । भारतले नेपाललाई कोरोनाको खोप उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेको छ । आज नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालले खोप उपलब्ध गराउन गरेको आग्रहलाई भारतले स्वीकार गर्दै खोप आउनासाथ नेपालको आवश्यकता अनुसार प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँदिल्ली स्थित हैदरावाद हाउसमा भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेशमन्त्री डा.सुब्रमन्यम जयशंकरले गरेका थिए ।
बैठकमा कोरोना महामारीको समयमा भारत सरकारले आवश्यक औषधि तथा मेडीकल उपकरण सहयोग गरेकामा नेपाल सरकारका तर्फबाट धन्यवाद प्रकट गरिएको थियो । बैठकमा औपचारिक खण्डमा द्विपक्षीय हित र सम्बन्धको बहुआयामिक पक्षमा दुई देशले आत्मसमीक्षा गरिएको थियो । बैठकमा स्वागत मन्तब्य राख्दै भारतीय विदेशमन्त्री डा.सुब्रमन्यम जयशंकरले दुई देशको सम्बन्ध थप सुदृढ बनाउन आयोगको बैठकले भूमिका खेल्ने बताए । अघिल्लो बर्ष नेपालमा भएको बैठकको नेपालको आतिथ्यताको लागि धन्यवाद व्यक्त गरेका थिए ।

खबर एक्सप्रेस