आज:  | Fri, 29, Mar, 2024

निर्माताको टिकटमा जाने उताबाट हिन्दी फिल्म बोकेर आउने?

२०७७, १ माघ बिहीबार १७:२० मा प्रकाशित ( ३ साल अघि) २४४६० पाठक संख्या

बिगत १० महिना बन्द रहेको नेपाली सिनेमाघरहरु चलचित्र “एउटा यस्तो प्रेम कहानी”को कारण आजबाट देशब्यापी खुले । हल खोल्न यो चलचित्रका प्रस्तुतकर्ता एव वरिष्ठ नायक शिव श्रेष्ठ प्रधान्मन्त्रीसँग पुगेर हल खोल्न आग्रह गरे पस्चात सरकार हलखोल्न तयार भयो । तर यता भने बिगत झै राजनीति शुरु भयो । यसबारे चलचित्र वितरक तथा निर्माता सुशील पोखरेलले आफ्नो सामाजिक संजाल फेसबुकमा कडा टिप्पणी गर्दै लेखेका छन् “सर्बरवालाको लापरवाहीले हिन्दी फिल्म”मास्टर”लाई कुरेर टाईममा हार्डडिस्क र फिल्म नपठाईदिएर भ्यालीबाहिर चलचित्र “एउटा यस्तो प्रेम कहानी” शो क्यान्शिल हुदा बितरकले गाली खानुपर्ने प्रबृतिको कहिले अन्त्य होला ? त्यही निर्माताको पैसाले मोटाउने अनि त्यही निर्माताको करोडौं लगानीमाथी खेलवाड गर्ने  ..नेपाली फिल्म प्रति फेसबुके लगाब देखाउन लाज लाग्दैन ?ब्यवहारमा खै ? कलाकार र संघ संस्था लागेर चलचित्र हल खोलेको नेपाली निर्माता मार्न र हिन्दी फिल्मलाई सपोर्ट गर्न हो…?

१० महिना बन्द हाम्रो ईण्डस्ट्रीलाई चलायमान बनाउन नेपाली चलचित्र रिलिज गर्ने हिम्मत गर्ने निर्माताको फिल्म माथी हिन्दी दलाल बितरक भनौदाले पनि यस्तो प्रतिकुल समयमा पनि हिन्दी फिल्म ल्याएर भिडाई दिने ?? आफुले आफुलाई नेपाली किन भन्नु ?? यो सब नेपाली फ़िल्मलाई सक्काउने खेल हो ..निर्माता हरुले पनि बुझ्ने बेला आएको छ कि को दोस्त हो ? को दुश्मन हो …मान्छे चिन्नु खसी किन्नु…”

चलचित्र “एउटा यस्तो प्रेम कहानी”को फिल्मको काम गर्न भनेर निर्माताको पैसाले जाने अनी उताबाट सोही फिल्मसँग जुधाउन हिन्दी फिल्म बोकेर आउने ? भनेर गम्भीर आरोप लागेको छ । यसकिसिमका घटना नेपाली फिल्ममा धेरै घटने गरेका छन् ।जसकारणबाट नेपाली फिल्मका निर्माताहरुले ठुलो क्षती ब्यहोर्दै आएका छन् ।

खबर एक्सप्रेस