आज:  | Tue, 26, Jan, 2021

पुष्पको ‘तिम्रो मेरो साथ’ को छायांकन सुरू

२०७७, २९ पुष बुधबार २२:४३ मा प्रकाशित ( १ हफ्ता अघि) २५१२ पाठक संख्या

काठमाडौं : नेपाली कथानक चलचित्र ‘तिम्रो मेरो साथ’ फिल्मको छायांकन सुरू भएको छ । प्रेमकथामाथि बन्न लागेको चलचित्र सोमबारबाट छायांकन शुरू भएको छ ।

 

चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल ,सन्दिप क्षेत्री,खबपु, इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तको अभिनय रहने छ। आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा बन्न लागेको यो चलचित्रका निर्मातामा पासाङ्ग लामा र सह निर्मातामा निरू भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।यो चलचित्रलाई रमेश एम के पौडेल निर्देशन गर्दैछन्।सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको ‘तिम्रो मेरो साथ’ को छायांकन नेपाल र अमेरिकाका बिभिन्न भागमा गरिने छ ।

पुष्प पछील्लो समय् नेपाली चलचित्र क्षेत्रमा मिजासिलो, सरल सबैसँग मिल्न सक्ने भलादमी नायकको रुपमा आफुलाई परिचित गर्दै अगाडि बढेका छन् ।फिल्म वृत्तमा उनी न मातिने र नआत्तिने नायकको रुपमा खुबै चर्चा हुने गर्दछ । 

खबर एक्सप्रेस