आज:  | Tue, 26, Jan, 2021

प्रधानमन्त्रीलाई भेटेर एक्शनकिंग नायक शिव श्रेष्ठले हल खोल्न आग्रह गरे लगतै हल खोल्ने निर्णय

२०७७, २६ पुष आईतवार २२:१६ मा प्रकाशित ( २ हफ्ता अघि) २९७६१ पाठक संख्या

सरकारले गत चैत ७ गते देखि बन्द रहेको सिनेमा घरहरु विधिवत रूपमा खोल्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमाघर खोल्ने निर्णय गरेको हो । गत चैत ७ गते देखि सिनेमा घरहरु बन्द रहेका थिए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।लामो समयदेखि सिनेमा हलहरु बन्द हुँदा करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको नेपाल चलचित्र संघले जनाएको छ ।भने करोडौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका चलचित्रहरु निर्माण सम्पन्न भएपनी प्रदर्शन गर्न नसकेको अवस्थामा छ। 

यही अन्योललाई मेटाउन यसबारे बिबिध कुरा गर्न आजै बिहान मात्र वरिष्ठ नायक शिव श्रेष्ठ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए । यसअघि नेपालले चलचित्र संघले एकतर्फी निर्णय गर्दै केही साताअघि नै सिनेमा हलहरु खुलाई सकेको भएता पनि अन्योल कायम थियो । 

यसैबीच माघ १ गतेदेखी शिव श्रेष्ठद्वारा निर्मित चलचित्र “एउटा यस्तो प्रेम कहानी” प्रदर्शन हुँदैछ । केहीदिन अघी भब्य होटलमा प्रेसमिट गरी समग्र डुब्न लागेको सिनेमा क्षेत्रलाई चलाएमान गर्नका लागी लागि नायक शिव श्रेष्ठले चलचित्र “एउटा यस्तो प्रेम कहानी” रिलिज गर्ने घोषणा गरेका थिए । करोडौं लगानी गरेको सिनेमालाई लगानीको सुनिश्चता नभई समग्र सिनेमा क्षेत्रलाई चलाएमान र बचाउनको लागी गरीएको यसकिसिमको घोषणासँगै नायक शिव श्रेष्ठलाई चलचित्र क्षेत्रमा साहसिक नायकको उपाधी दिईने गरेको छ । “एउटा यस्तो प्रेम कहानी”लाई शुभकामना ।

खबर एक्सप्रेस