आज:  | Fri, 29, Mar, 2024

आज ५१३ जना सङ्क्रमित निको भए

२०७७, २६ पुष आईतवार २१:५४ मा प्रकाशित ( ३ साल अघि) ७३४८ पाठक संख्या

काठमाडौं, पुस २६ गते । नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिएका छन् । आज ५१३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुईलाख ६४ ह्जार ७८० जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ४२२ जनामा कोरोनाको सक्रिय सङ्क्रमण रहेकोछ । आज ५१३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म दुई लाख ५८ हजार ४४१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म १९ लाख ८२ हजार २४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । आज पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९१७ पुगेको छ ।

खबर एक्सप्रेस