आज:  | Fri, 19, Apr, 2024

शिव श्रेष्ठलाई साहशिस नायकको उपमा

२०७७, २१ पुष मंगलवार २३:१५ मा प्रकाशित ( ३ साल अघि) ३८०६९ पाठक संख्या

काठमाडौं । वरिष्ठ अभिनेता शिव श्रेष्ठको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ ले आज पत्रकार सम्मेलन गरी चलचित्रको शीर्ष गीत सार्वजनिक समेत गरेको छ । पत्रकार सम्मेलन आयोजना गरी चलचित्र आगामी माघ एक गतेबाट देशब्यापी प्रदर्शन आउने जानकारी गराईएको छ ।
वरिष्ठ अभिनेता शिव श्रेष्ठले पत्रकार सम्मेलनमा कोरोनाबाट ठप्प भएको चलचित्र क्षेत्रलाई टेवा दिने उद्देश्य राखी चलचित्र प्रदर्शन गर्न लागेको जानकारी दिए । आफूले बिगत ४० बर्षदेखी दर्शकको माया पाएकोले आफू उत्साहित भएको बताए । सोही कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघ अध्यक्ष रविन्द्र खड्काले आफ्नो बिचार राख्दै यस्तो अवस्थामा चलचित्र रिलिज गरेकोमा नायक शिव श्रेष्ठ र टिमलाई धन्यबाद दिएका थिए । चलचित्र संघ अध्यक्ष मधुसुधन प्रधानले भने यस्तो कठिन समयमा पनि रिस्क लिएर फिल्म रिलिज गर्न लागेको भन्दै नायक शिव श्रेष्ठ एक्शन किंग मात्र हैनन अहिलेको चलचित्र क्षेत्रलाई उठाउनको लागी ठुलो लगानी गरेका चलचित्रलाई रिस्क लिएर प्रदर्शन गर्ने साहसिक कार्य गरेकोले शिव श्रेष्ठलाई साहसिक नायकको उपमा दिएका छन् ।


चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइराला लगायतको अभिनय हर्न पाइने चलचित्रलाई दीपेश सापकोटाले निर्देशन गरेका छन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रलाई यशोदा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर चलचित्रका सह–निर्माता हुन।

शीर्ष गीत

खबर एक्सप्रेस