आज:  | Tue, 26, Mar, 2024

कमल थापाको गर्जन: १४ बर्षे गणतन्त्रको बाटो र बिचार दोषि

२०७७, १७ पुष शुक्रबार २३:०२ मा प्रकाशित ( ३ साल अघि) २६३२० पाठक संख्या

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्र आवश्यक रहेको बताएका छन्।

राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा १४ वर्ष अघि शुरु भएको गणतन्त्रको बाटो र बिचार दोषि भएको भन्दै गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षतालाई पुनरावलोनक गरी राजतन्त्रको पुर्नस्थापना गरौ भनी अपिल गरेका छन् । देशलाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र कायम गरौ भन्दै राजासस्थासँग नतर्सिन गणतन्त्रबादीलाई आब्हान गरे ।

देशमा प्रतिनिधि सभा विघटन हुनुमा वर्तमान सरकार, कुनै राजनीतिक दल तथा नेताहरुका मात्र नभई १४ वर्ष अघि शुरु गरिएको गणतन्त्रको बाटो र बिचार नै दोषि भएको पनि बताए। गणतन्त्रको विकल्प खोज्दै राजादेखि विद्रोही विप्लवसम्म र कांग्रेसदेखि कम्युनिष्ट, मधेशवादी सबैको प्रतिनिधित्व हुने राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै कसैलाई निषेध गरे देश गम्भीर भूमरीमा फस्ने तर्फ सचेत गराए।आफूहरु कफन बाँधेर अगाडी सरेको भन्दै सबैले मान्य हुने व्यवस्था संचालन गर्न सबैलाई अपील गरे ।

कार्यक्रममा अध्यक्ष पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी सांसद राजेन्द्र लिड.देन, बुद्धिमान तामाड. , बिक्रम पाण्डे, लगायतले सम्बोधन गरेका थिए ।

 

 

 

कार्यक्रम संचालन गर्दै राप्रपा महिला संगठन अध्यक्ष कुन्ति कुमारी शाही

 

 

 

खबर एक्सप्रेस