आज:  | Thu, 28, Mar, 2024

विद्यार्थीको भबिष्य माथी खेलवाड आरआर क्याम्पसमा ७०० विद्यार्थीले नेताको भाषण सुन्दै परीक्षा दिँए

२०७७, १४ पुष मंगलवार २२:३८ मा प्रकाशित ( ३ साल अघि) १५१९१ पाठक संख्या

पुस,१४ काठमाडौं । राजधानीको प्रर्दशनीमार्ग स्थित रत्नराज्य क्याम्पसमा अध्यनरत करिब ७०० विद्यार्थीले परीक्षा दिँदै थिए । सोही समयमा नेकपाको प्रचण्ड–माधव पक्षको बिरोध कार्यक्रम चल्दै थियो । बिरोधसभाको चर्को माईकको आवाजले धेरै विद्यार्थीले परिक्षामा राम्रोसँग लेख्न नै नसकेको गुनासो गरेका छन् । परिक्षामा हल्ला गर्न पाईदैन हल्ला हुनुपनि हुदैन तर आज त्यो कुरा कार्यान्वयन हुन सकेन । केहि विद्यार्थीको आक्रोस थियो यस्ता नालायक नेताहरुको कारण हामी जस्ता यूवाको भविष्य बर्बादी तिर भासिएको दुखेसो पोखेका छन् । बाध्य भएर ती नेताहरुको भाषण सुन्न बाध्य पारियो । अझ केही विद्यार्थी बाटोमा जामका कारण रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसमा परिक्षा शुरुभएको आधा घण्टामा पुगेका थिए । यो बाध्यता स्नातकोत्तर तह दोस्रो वर्षका करिब सात सय विद्यार्थीले आज ब्यहोर्नु परेको थियो । दिउँसो एक बजेदेखि चार बजेसम्म परीक्षा थियो । त्यही समयमा त्यही नजिक प्रर्दशनीमार्गमा नेकपा प्रचण्ड–माधव पक्षको विरोधसभा थियो ।
यसबारे क्याम्पसले विद्यार्थी नेताहरूलाई जानकारी गराएको भएता पनि कार्यक्रम भने रोकिएन। कोरोनाका कारण गत चैतमा रोकिएको आमसञ्चार र पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक शास्त्र जनसंख्या, अर्थशास्त्रलगायतका विषयको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आज थियो।

खबर एक्सप्रेस