आज:  | Tue, 19, Jan, 2021

देशमा सत्तारूढ दलको राजनीति खिचातानीले देश विकास कति बर्ष पछाडि पर्यो

२०७७, १४ पुष मंगलवार २१:४२ मा प्रकाशित ( २ हफ्ता अघि) ७१९३ पाठक संख्या

कमरेडहरू तपाईहरू त देशमा राजनीति गर्नु भएन आफ्नो र आ-आफ्ना लागि मात्र राजनिती गरिरहनु भयो यति समय गुजार्नु भयो तपाईको सत्ताले देश कति दुख्यो हामी साधारण जनताको मनमा कति पीडा भयो कहिल्यै बुझ्ने कोसिस गर्नु भएन ।

हामिले दिएको अमुल्य मतको कहिले सदुपयोग गर्नु भएन ।  जनताको प्रत्येक्ष सरोकार राख्ने बस्तुहरूमा कहिल्यै ध्यान दिनु भएन खाली नपुग्ने भाषण दिदै समय ब्यतिति गर्नु भयो ।सत्ता टिकाउन जनताको जनमतको अनादर गर्नु भयो त्यसैको परिणाम आज समय अगाबै सदनबाट सडक पग्नु भयो । सडक र सदनमा अनुभव र अनुभूति फरक त कति पाउनु भयो त्यो तपाईहरूले कति महशुस गर्नु भयो वा भएन समयले अझै अगाडि बताउला तर आज पनि तपाईहरूको सडक धर्ना केवल पद र कुर्सी कै लागि हो भनेर हामी जनताले नबुझेका पक्कै छैनौ । जनताले तपाईहरूलाई खुलेर ५ बर्षको समय सत्ता चलाउन र देश विकास गराउन जिम्मेवारी दिएका थियौ । तर विचैमा आफ्नैहरू सग भागबण्डा नमिलेर ससद नै विघटनको यो विकराल स्थिति सम्म आउनु भयो ।
किन,कसरी र कसका लागि यो लडाई त यदि देश र जनताको लागि यो सत्ता र पद थिएन भने हैसियत देखाउनु हुदैन थियो तपाईहरूसग दुईतिहाईको जनमत साथमा थियो, हिजो हातेमालो गदै कुम जोडेर जुट्नु भयो आज दुई बर्ष नभई यसरी टुक्रा टुक्रा फुट्नु भयो ।  केही कसैमा त्याग देखिएन ।  अब त झन ससद मात्र विघटन भएर पक्ष र विपक्ष हुदैन प्रदेशतिर पनि अविश्वास प्रस्ताव दर्ता हुदैछ ।
असर केद्र कै हो शीर्ष नेताहरू नै गुटबन्दी र घेराबन्दीमा लागेपछि युवा भनिएका नेताहरूले बाटो पहिचान गर्नु नै सकेन उनिहरू पनि कुन गुटमा लाग्दा पद जोगिएला र स्वार्थ पूरा होला भन्ने मै सिमित भए । ससद विघटनमा कति पक्ष होलान कति विपक्ष तर निपक्ष्यमा कुरा गरौ ।  देश अब विकासको हिसाबले कति पछाडि पर्यो ।  कसैलाई देश र विकासको बारेमा चिन्ता त देखिएन पक्षहरू सत्ता र भत्ता पद विनास भएर चिन्तित प्रतिपक्ष अब चुनाव हुन्छ हाम्रो पासमा बहुमत ल्याएर राज्य सत्ता आउनेमा निश्चित तर यो आरोप र प्रत्यारोप देख्दा देश र हाम्रो जनमतको कसैलाई चिन्ता छैन ।
हुन त के चिन्ता पनि होस देश चलाएका भए पो चिन्ता र चिन्तन हुनु देश त आफै चलिरहेको रहेछ ।  यस्तो स्थिति हुँदै गए अब नेपालमा सघीय ता अफाप्प सिद्व नै नहोला भन्न सकिन्न , अलिकति मात्र भए पनि गाऊगाउमा जनताले केही विकार र सघीयता अनुभव गदै थिए ।
हिजो घण्टौ हिडेर सदमुकाम गएर गरिने कामहरू आज गाऊ मै सेवा सुविधा पाउदै थिए तर यस्ता राजनीति खिचातानीले गाऊ गाऊमा हामी साधारण मानिसहरूको भरोसामा कुठाराघात र निरास हुँदै गईरहेछ । साच्चै सघीय राज्य खर्च ब्यवस्थापन देशले थाम्न सक्ला र रु यहानेर कुरा गहन हुँदै गईरहेछ । कमरेडहरूको जुहारीले उत्ता अवसर छोप्दै राजावादीहरू सडकमा खुल्याम चुरमुराउदै छन ।  तर कमरेडहरू आफनै खिचडि पकाउदै कोहि वालुवाटारमा त कोहि सडकमा यता छौ भन्दै , अझै गुटबन्दी मै ब्यस्त हुनुहुन्छ । कुरा अब न्यायलय सम्म पुगिसकेको छ ! तर त्यहा पनि ती दुवै आखा बन्द गरेर न्यायको तराजु लिएर बसेकी न्याय मूर्तिलाई केही क्षण न्याय र अन्याय छुट्याउन सम्म दिएको छैन । हुने भए गुट-उपगुटमा नै आफै फैसला गर्नु हुन्थ्यो हाम्रो कमरेडहरू, उहाहरूले देश चलाउनु भएन आफ्नो देह मात्र चलाउनु भएछ । यति बर्ष सम्म चलाए त गुटबन्दी र हाम्रो जनमतको उपेक्षा गरे लोकतन्त्रको धज्जी उडाएर परिणाम अहिले देशलाई अरबौको ऋणमा डुबाउदैछन ।
हामी निर्दोष जनता कोरोना कहरले शिथिल भएको शरीरलाई थुम्थुमाउदै थियौ , विकसित मुलुकले उत्पादन गरेका खोप राहतमा भए पनि सरकारले ल्याउला र खोप लगाएर अलिकती खुल्ला भएर अर्को यस्तै ज्यान मारा भाईरस नआउन्जेल अकालमा नमरिएला भन्ने आशामा बाचेका हामी नेपालीहरूलाई आशा लागेका अनि भरोसा नभएका दुईतिहाई थेग्न नसकेका सत्ताधारीहरूले निरासा नै बनाएका छन ।

फेरि देशमा आफ्नो स्वार्थ को लागि राजनीति उथलपुथल बनाएर जनताको आशालाई धराशाही बनाएरै नै छाडे चुनावको मिति तोकिरहदा यिनिहरूलाई अलिकति पनि लाज भएन, जनताले  ५ बर्ष दिएको कार्यकाल थेग्न सकेनन अलिकति पनि हेक्का राखेनन कुबेलामा चुनाव हुदा देशको अर्थतन्त्र कहाँ पुग्छ कति ऋणको भार कति थपिन्छ भनेर जनताको रगत र पसीनाको करबाट चलेको तिमिहरूको सत्ता र भत्तालाई साच्चै पचाउन सकेनौ तपाईहरू सत्ता र सदनमा हुदा त्यहि माईतीघर मण्डला हो हिजो कलिली बालिकाहरू बलात्कार भएकी कसैको छोरीको यहि देशकी नागरिकको न्यायको माग गदै आन्दोलन गर्ने समाजसेवी जनताहरूलाई नदेख्ने अनि जनताको सुलभ स्वास्थको माग गदै पटक पटक आमरण अनसन बस्ने वृद्व डाक्टर गोविन्द केस् सी लाई नदेख्ने तपाईहरू मौका परे पागल डाक्टरको सज्ञा दिदै पटक पटक प्रशासन हस्तक्षेप गदै थुन्ने आदेश दिने कमरेडहरू आज जनता र देशको लागि होईन सत्ता, भत्ता र पदको बचावटको लागि त्यहि माईतीघर मण्डलाको सडकमा पुग्नु भयो किन कमरेडहरू तपाईहरूलाई साथ दिएर त्यो ठाऊ पुर्याउने प्रत्यक्ष अप्रत्यक्ष सहकर्मीहरू आज रातभरि निदाउन सक्नु भएको छैन होला सायद उहाहरूको भावनामा कति चोट परेको होला महशुस गर्नु भएन तपाईहरू यसरी छुट्दा र फुट्दा कतिले जागीर परिवार दाऊमा राख्नु भएको थियो होला । आज आशर्य लाग्दो हो उहाहरूलाई धोका भयो भनेर सुन्दर देशलाई सतिले श्राप दिएको भन्नेहरूले अहिले के सोच्दा हुन
देश कै श्राप पो लाग्यो कि कमरेडहरू ?

– दुर्गा प्रधान लेखिका तथा गीतकार

खबर एक्सप्रेस